Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय गरेको हो ।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले फागुन २५ देखि २८ गतेभित्र राष्ट्रपति चयनका लागि निर्वाचन हुने बताए।

राष्ट्रिय सहमति गर्दा नेकपा एमालेलाई धोका दिएको अर्थ नलाग्नेसमेत उनले दाबी गरेका थिए। सत्ता साझेदार दलभित्र राष्ट्रपति एमालेले लिने सहमति भएको दाबी थियो।

स्थायी समिति बैठकमा पार्टी एकतासम्बन्धी प्रतिवेदन उपाध्यक्ष महराले पेश गरेका छन् भने संगठनसम्बन्धी प्रतिवेदन उपमहासचिव जनार्दन शर्मा र स्कुलिङसम्बन्धी प्रतिवेदन गिरिराजमणि पोखरेलले पेश गरेका छन्। स्थायी समिति बैठक माघ १६ गते बिहान ११ बजे पुन: बस्ने महराले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077