Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरी। सुनसरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी २८ वर्षीय पुरुष रहेका छन् । रामधुनी नगरपालिका ५ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

नम्बर खुल्न नसकेको सवारी साधनले को २४ प ३७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त मोटरसाइकलले पैदल हिंडिरहेका पुरुषलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077