Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • झारखण्डको अस्पतालमा आगलागी, ६ जनाको मृत्यु

    झारखण्डको अस्पतालमा आगलागी, ६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १४ माघ २०७९
  • 510
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा डाक्टर दम्पतीसहित ६ जनाको मृत्यु भएको छ।

    धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा शुक्रबार राती करिब १ बजेतिर आगो सल्केको हो ।



    आगलागी हुँदा सबैजना सुतिरहेका थिए । डाक्टरको शव बाथटबमा फेला परेको छ । आफूलाई बचाउन उनी पानीको टबमा बसेको बताइएको छ ।



    आगलागीको कारण खुल्न नसकेको तर प्रारम्भिक अनुसन्धानपछि प्रहरीले स्टोर रुमबाट आगलागी भएको हुन सक्ने बताएको छ । आगलागी हुँदाको भिडियो पनि सार्वजनिक भएको छ ।

    डाक्टर आफ्नो परिवारसहित क्लिनिकको पहिलो तल्लामा बस्थे। दुर्घटनामा डाक्टर दम्पती, उनकी कामदार, डा हाजराका भतिजासहित ६ जनाको निसास्सिएर मृत्यु भएको हो। सबैको शव विभिन्न कोठाबाट निकालिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार