Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस कुनै पनि दिन सत्तामा आउन सक्छ : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले ठूलो पार्टी भएकाले कुनै पनि दिन कांग्रेस सत्तामा आउन सक्ने बताएका छन् ।

आज विराटनगरमा आयोजित कांग्रेसनिकट नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम प्रदेश अधिवेशन उद्घाटनमा नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेकपा एमालेका कारण माओवादी केन्द्रले सत्ता नेतृत्व गर्ने अवसर पाएको भन्दै कोइरालाले पछिल्लो घटनाले भने कांग्रेस वृतमा निरासा छाएको बताए ।

उनले भने,'कांग्रेस ठूलो पार्टी बनेर पनि सरकार बनाउने अवसर गुम्यो । यसले सबैको चित्त दुखेको छ।'

उनले देशको राजनीतिक अवस्था र कांग्रेसको राजनीति पनि कठिन अवस्थामा रहेको बताए ।

उनले राष्ट्रपतिको निर्वाचन फागुन २८ अगाडि नै हुने बताए । यो नभए अनिष्ट हुने कोइरालाको भनाइ छ ।‌

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077