Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रवि लामिछाने नागरिकता पाउन योग्य नेपाली नागरिक हुन्ः रविन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले रवि लामिछाने अनागरिक र राज्यविहिन नभएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै लामिछाने नेपालको संविधान अनुसार नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नागरिक भएको बताएका हुन्

। उनले लेखेका छन्, ‘नेपालको संविधान, पृष्ठ ४ मा ‘‘नेपालको नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन् । उनी नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक हुन्। तसर्थ उनी अनागरिकरराज्यविहिन होइनन्।’

रवि लामिछानेलाई सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पुरा नगरेको कारण देखाउँदै दोषी ठहर गरेको छ।

नागरिकता विवाद मुद्दामा दोषी देखिएपछि उनको उपप्रधान तथा गृहमन्त्री, सांसद, दलको नेता र पार्टी सभापति पदसमेत गुमेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077