Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रपति भण्डारीमा दलगत गन्ध आयो, अब राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउनु पर्छ : बिडारी

काठमाडौं । राष्ट्रिय सभाका पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रपति विद्यादेवी भण्डारीमा दलगत गन्ध धेरै आएको आरोप लगाएका छन् ।

काठमाडौंमा शनिबार भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रियामा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले राष्ट्रपति भण्डारी राष्ट्रपति बनेर भन्दा पनि दलको प्रभावमा परेर काम गरेको आरोप लगाए ।

उनले राष्ट्रपति पद पहिला फालेको जस्तो पद भए पनि पछिल्ला घटनाक्रमले राष्ट्रपतीय पद्धतिलाई परिमार्जन गर्नका निम्ति विद्वत् वर्गले सुझाव दिनुपर्ने आवश्यकता देखिएको बताए ।

यस्तै उनले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन् । राष्ट्रपति पद एकता, संघीयता र गणतन्त्रकै प्रतीक भएकाले सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनाउनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077