Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उपप्रधानमन्त्री श्रेष्ठ र चीनका राजदूत सोङ्गबीच भेटवार्ता

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग चीनका राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गरेका छन्।

मन्त्री श्रेष्ठलाई भेट्न राजदुत सोङ्ग आइतबार बिहान सिंहदरबार पुगेका हुन् ।

भेटमा दुई देशबीचकाे सम्बन्ध र समयसामयिक विषयमा कुराकानी भएकाे बताइएकाे छ।

भेटमा आपसीहित, दुई देशबीचको सम्बन्ध, चीनले नेपालमा अगाडि बढाइरहेका परियोजनालगायतका विषयमा छलफल भएको थियो ।

नेपालका लागि चिनियाँ राजदूतका रुपमा नियुक्त भएर आएका चेनलाई सफल कार्यकालको शुभकामना दिँदै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको जनस्तरको सम्बन्ध थप विस्तार हुने विश्वास प्रकट गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077