Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्ववियू निर्वाचनको प्रस्तावित आचारसंहिता तयार (पूर्णपाठसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचन आचारसंहिता सम्बन्धी प्रस्तावित निर्देशित २०७९ सार्वजनिक गरेको छ।

चैत ५ गते हुने निर्वाचनको लागि त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आचारसंहिता सार्वजनिक गरेको हो ।

स्ववियू निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित रुपमा गराउने प्रयोजनार्थ केन्द्रीय अनुगमन तथा समन्वयन समितिले आचारसंहितमा उल्लेख भएका नियमहरुलाई पालन भए नभएको अनुगनम गर्ने उल्लेख गरेको छ।

आचारसंहितमा क्याम्पसको कम्पाउण्ड र क्पाम्पस परिसरमा वाल पेन्टिङ गर्न नपाइने लगायतको व्यवस्ता गरेको छ।

यस्तै चुनावको तयारीको विषयमा आज त्रिविको कार्यकारी परिषद्ले विद्यार्थी संगठनका नेताहरुसँग छलफल गरेको छ । छलफलको विद्यार्थीको माग सम्बोधन गर्न त्रिवि तयार रहेको परिषद्ले बताएको छ ।

स्ववियू निर्वाचन

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077