Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पुगेको दिन ‘भष्मे डन’को औपचारीक घोषणा

काठमाडौं । चलचित्र ‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पुगेको दिन त्यसको सिक्वेल ‘भष्मे डन’को औपचारीक घोषणा भएको छ ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले पशुपतिप्रसादको सिक्वेल ‘भष्मे डन’को औपचारीक घोषणा गरेको हो ।

‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र ‘भष्मे डन’ थियो । उक्त चलचित्रको पात्र ‘भष्मे डन’ लाई लिएर चलचित्र बन्न लागेको हो । दीपेन्द्र के खनालको निर्देशनमा बन्ने यस चलचित्रमा अभिनेता विपिन कार्की फेरि ‘भष्मे डन’ को भूमिकामा देखिने छन् ।

फिल्ममा विपिन कार्की भष्मे डनको चरित्रमा हुनेछन् । सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, मिश्री थापा, सजन मगर, विभु पौडेल, प्रकाश दाहालजस्ता सहायक कलाकार समेत छन् ।

चलचित्रको छायांकन फागुन १२ गतेदेखि सुरु हुने निर्माण टिमले जनाएको छ । फिल्म आगामी दसैंमा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077