Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेसबुकमार्फत महिलासँग चिनजान र प्रेम, अश्लील भिडियो बनाउँदा पक्राउ

काठमाडौं । प्रेमिकाको अश्लिल भिडियो र तस्बिर सार्वजनिक गर्ने भन्दै बार्गेनिङ गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

केन्द्रीय साइबर ब्यूरोको टोलीले दोलखाको मेलुङ गाउँपालिका–७ का २४ वर्षीय अर्जुन खड्कालाई पक्राउ गरेको हो ।

फेसबुकमार्फत पीडित महिलासँग चिनजान गरेर प्रेमसम्बन्धपछि शारीरिक सम्पर्क गरेर भिडियो बनाइ त्यसलाई दुरुपयोग गरेको उनीमाथि आरोप छ ।

उनले अश्लील फोटो तथा भिडियो पीडितको साथीको फेसवुक म्यासेञ्जरमा पठाएर पीडितलाई अनावश्यक दुःख, , हैरानी दिने गरेको उजुरी प्रहरीमा परेको थियो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् एक युवतीलाई प्रेमिका बनाइ, शारीरिक सम्बन्ध समेत राखेको र त्यसको भिडियो समेत बनाएर पछि बार्गेनिङ गर्ने गरेको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता पशुपति रायले बताए ।

उनीविरुद्ध आज ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077