Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अकुत सम्पत्ति कमाएको आरोप लागेका राजश्व विभागका पूर्वअधिकृत रिजाल दोषी ठहर

काठमाडौं । अकुत सम्पत्ति कमाएको आरोप लागेका राजश्व अनुसन्धान विभागका पूर्वशाखा अधिकृत रामजी रिजाल दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरु श्रीकान्त पौडेल, यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

रिजाललाई दुई करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको र उनको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ फागुन ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

रिजालले विभिन्न कार्यालयहरूमा कार्यरत रहँदा पदीय दुरुपयोग गरी गैर–कानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077