Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

बसले स्कुटरलाई ठक्कर दिँदा २२ वर्षीया युवतीको मृत्यु

काठमाडौं । काठमाडौंको चाबहिलमा बसले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–७ चाबहिल पिपलबोटस्थित सडकमा बा. ९८ प ६४२३ नम्बरको स्कुटरलाई प्रदेश ३–०१–००६ ख ११०९ नम्बरको बसले आइतबार दिउँसो ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटरमा सवार गोरखा गण्डकी गाउँपालिका–६ घर भई हाल काठमाडौँ नारायणटार बस्ने २८ वर्षीया रोशनी थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। मगर स्कुटरको पछाडि बसेकी थिइन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको हेल्पिङ ह्यान्ड अस्पताल (चाबहिल) मा उपचारका क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077