Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

    माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 690
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ।

    आज बोलाइएको स्थायी कमिटी बैठकलाई स्थगित गरेर पदाधिकारी बैठक बसेको हो। पार्टी कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको छ।



    बैठकमा सहभागी हुन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगिसकेका छन्।

    गत बिहीबार र शुक्रवार दुई दिन बसेको स्थायी कमिटी बैठकमा पेश भएका एजेण्डा, राष्ट्रपति निर्वाचन, गृह मन्त्रालय लगायतको विषयमा छलफल गर्न बैठक बोलाएको छ।

    पुस १० गतेको सहमति अनुसार एमालेको भागमा परेको राष्ट्रपतिमा माओवादीले राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार