Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ऋणको भार थेग्न नसक्दा सहकारीका म्यानेजरले गरे आत्महत्या

पोखरा । पोखरामा एक सहकारीका व्यवस्थापकले आत्महत्या गरेका छन् ।

पोखरा महानगरपालिका– ९ शिवटोलमा रहेको डल्फिन सहकारीका व्यवस्थापक लेखुराम खातीले आत्महत्या गरेका हुन् ।

आइतबार सहकारीको बैठक सकेर घर गएका उनी राती मृत फेला परेका हुन् । उनी झुण्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

उनी चार महिनाको छोरा र एक छोरीका पिता हुन् ।

सहकारीको आर्थिक अवस्था नाजुक बन्दै गएपछि सञ्चालक समिति र बचतकर्ताले रकम जुटाउन चर्को दबाब दिएपछि घटना भएको हुन सक्ने बताइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077