Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्नु कांग्रेसको गल्ती हो : नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा.चन्द्र भण्डारीले नेपालको राजनीति र नेपाली नेताहरुको चिन्तनमा अत्यन्त बचपना रहेको टिप्पणी गरेका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । आफूहरुले जेल र यातना सहेर बहुदल ल्याएको ३२ वर्ष भइसक्दा पनि नेताहरुको सत्ताको मानसिकताका कारण मुलूकलाई नराम्रो असर पारेको उनको आरोप छ ।

उनले भने, ‘नेपाली राजनीतिमा नेताहरुको चिन्तन अत्यन्तै बचपन छ । यसरी मुलूक बन्दैन । ३२ वर्ष भयो हामीले बहुदल ल्याएको । हामी जेल बसेको, यातना खाएको यो मूलुक रुपान्तरण गरौंला भन्ने थियो । जहिलेसुकै सत्ताको कुरा र द्धन्द्धको कुरा यसले मुलूकलाई डुबायो ।’

प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्नु कांग्रेसको गल्ती भएको उनको स्विकारोक्ति थियो । अहिलेको सरकारलाई खिचडी सरकारको संज्ञा दिँदै उनले यस विषयमा धेरै विवाद गर्न आवश्यक नरहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको उल्लेख गर्दै नेता भण्डारीले अहिलेको सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने ठोकुवा गरे । उनले प्रचण्ड जता पनि टर्न लिनसक्ने नेता भएको चित्रण गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077