Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रहरीको हात भाँचेको आरोपमा पक्राउ परेका व्यवसायी जरिवाना तिरेर छुटे

कास्की । गाडीले हानेर ड्युटीमा रहेका प्रहरी हवल्दारको हात भाँचेको आरोपमा पक्राउ परेका व्यवसायी चार हजार धरौटीमा छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीको इजलासबाट अटो व्यवसायी २५ वर्षीय सौरभ थापा सोमबार छुटेका हुन् ।

मापसे परीक्षण गर्दा थापाले प्रहरीलाई अभद्र व्यवहार गर्नुको साथै हातसमेत भाँचिदिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीमाथि अभद्र व्यवहार गरेपछि ५ दिनअघि थापा पक्राउ परेका थिए ।

पोखरा रामबजार भारतीय पेन्सन क्याम्पअघि गत बिहीबार राति ३ बजे थापाले चलाएको गाडीको ठक्करबाट चेकिङमा बसेका हवल्दार चित्रबहादुर वलीको हात भाँचिएको प्रहरीले जनाएको छ ।

यसअघि पनि उनी मापसे सेवन गरेर जथाभावी सवारी चलाएको आरोपमा पक्राउ परेका थिए । गत पुस २१ गते थापाले चलाएको सवारीसाधनले लेकसाइडको खहरेचोकमा रहेको क्याटवाक क्लवको पार्किङमा राखेको कारलाई समेत ठक्कर दिएको थियो ।

तर उनी राजनीतिक दबाबका कारण पक्राउ परे लगत्तै छुटेका थिए । उनी राजनीतिक आडमा बबण्डर मच्चाउँदै आएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077