Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

अपराधका घटनामा संलग्न चारजना प्रहरीको फन्दामा

कपिलवस्तु । कपिलवस्तुमा विभिन्न अपराधका घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकी प्रहरी निरीक्षक शैलेश्वरी बोहराका अनुसार पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्त भन्ने ३१ वर्षीय जग्गु तेली, कपिलवस्तु जिल्ला इन्चार्ज २० वर्षीय विपिन विक, १८ वर्षीय बृजेश गिरी र २० वर्षीय सुग्रिम रैदास छन् ।

विभिन्न व्यक्तिसँग धम्कीपूर्ण रूपमा चन्दा उठाएको तथा २ वटा ट्रक र एउटा मोटरसाइकलमा आगजनी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताइन् ।

पक्राउ परेका चारै जनामाथि आपराधिक लाभ शीर्षकमा कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077