Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अकुत सम्पत्ति कमाएको आरोप लागेका सडक विभागका इन्जिनियर दोषी ठहर

काठमाडौं । अकुत सम्पत्ति कमाएको अभियोग लागेका सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाट ललितपुरमा कार्यरत इन्जिनियर भरतराज आचार्य दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरु श्रीकान्त पौडेल, यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।

विशेष अदातले आचार्यसहित उनकी श्रीमती रितादेवी आचार्यलाई समेत दोषी ठहर गरेको छ।

३ करोड २१ लाख ६२ हजार ४८० रुपैयाँ अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई प्रतिवादी बनाउँदै २०७७ असार १९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077