Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलङ्का जाँदै

    परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलङ्का जाँदै

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 726
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएकी छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको श्रीलङ्काको भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

    परराष्ट्रमन्त्री भएपछि यो उनको पहिलो विदेश भ्रमण हो । उनी श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसका अवसरका कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लागेकी परराष्ट्र मन्त्रालयले जनाएको छ ।



    श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेले यही माघ २० र २१ गते ९फेब्रुअरी ३ र ४ तारिख०मा हुने विशेष समारोहमा दक्षिण एसियाली मुलुकका विदेशमन्त्री र अन्य विशिष्ट पाहुनालाई निमन्त्रणा गरेका छन् ।



    भ्रमणका दौरान मन्त्री पौड्यालले उच्चस्तरीय द्विपक्षीय राजनीतिक भेटवार्ता गर्नेछिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार