Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • परराष्ट्रमन्त्री पौड्यालसँग नर्वेकी राजदूत ड्राम्डलको भेट

    परराष्ट्रमन्त्री पौड्यालसँग नर्वेकी राजदूत ड्राम्डलको भेट

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 483
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि नर्वेकी राजदूत टोरन ड्राम्डलबीच आइतबार भेटवार्ता भएको छ ।

    राजदूत ड्राम्डल मन्त्री पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्न सिंहदरबार पुगेकी थिइन् ।



    दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।



    यस अवसरमा शिक्षा, स्वास्थ्य, लैंगिक सहभागितालगायतका क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि परराष्ट्रमन्त्री पौड्यालले नर्वेजियन सरकारलाई धन्यवाद दिइन् ।

    भेटवार्तामा राजदूत ड्रमडालले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिवद्धता जनाइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार