Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सांसद पौड्यालको प्रश्न – नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको हो ?

    सांसद पौड्यालको प्रश्न – नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको हो ?

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 627
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको हो भन्दै प्रश्न गरेकी छन् ।

    बिहीवार राष्ट्रियसभाको बैठकमा बोल्दै पौड्यालले परराष्ट्रमन्त्री एनपी साउदलाई प्रश्न सोधेकी हुन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेकी पौड्यालले ‘नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको हो कि’ भन्‍ने जिज्ञासा राखेकी थिइन्।



    त्यसको जवाफमा परराष्ट्रमन्त्री साउदले भने, ‘परराष्ट्र नीति सञ्चालनका मूलभूत आधार नेपालको संविधानले निर्दिष्ट गरेको छ र असंलग्‍नता ती आधारहरू मध्ये एक प्रमुख आधार रहिआएको छ। नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा छिमेकी लगायत अन्य मुलुकसँगको सम्बन्धलाई सुदृढ र विस्तार गर्दै आएको छ।’



    नेपालको स्वतन्त्र, सन्तुलित, निष्पक्ष र वस्तुनिष्ठ दृष्टिकोणका कारण विश्व जगतमा विश्वसनीयता र सम्मान आर्जन हुन सकेको पनि परराष्ट्रमन्त्री साउदले बताए ।

    परराष्ट्रमन्त्री साउदले परराष्ट्र नीति २०७७ मा उल्लेख भएको व्यवस्था बमोजिम नेपाल सरकारले आवश्यकता अनुसार यस नीतिको पुनरावलोकन वा परिमार्जन गर्ने पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार