Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इजलास नतोक्दै टिकापुर घटनाको पेसी चौथो पटक स्थगित

काठमाडौं । कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दाको आज तोकिएको पेसी स्थगित भएको छ । यसअघि तीन पटक पेसी स्थगित भएको थियो ।

जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध चौधरीले दायर गरेको पुनरावलोकन निवेदनमा सुनुवाइ गर्न मंगलबारलाई पेसी तोकिएको थियो। तर, सर्वोच्च अदालत प्रशासनले इजलास नै नतोकिइ चौधरीको मुद्दाको पेसी स्थगित भएको जनाएको छ।

प्रदेश सिमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो ।

सो मुद्दामा कैलाली जिल्ला अदालतले ११ र उच्च अदालतले आठजनालाई जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि रेशम चौधरी पक्षका कानुन व्यवसायीले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए ।

०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । ०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित आठजनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077