Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

वृद्धभत्ताको पैसा नदिएको भन्दै छोराले गरे आमाको हत्या

धनगढी । कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन् ।

सोमबार राति लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बगमाराका श्रीराम थारुले आमा लगनी थरुनीमाथि बञ्चरो प्रहार गरेका हुन् ।

गम्भीर घाइते भएकी उनको धनगढीको नवजिवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

घटनामा संलग्न रहेका श्रीरामलाई अस्थायी प्रहरी पोष्ट चुहाले देउराली सामुदायिक वनबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार श्रीरामले वृद्धभत्ताको रकम नदिएको भन्दै आमालाई बञ्चरोले ढाड र खुट्टामा प्रहार गरेका थिए।

प्रहरीले श्रीरामलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ। श्रीराम यसअघि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077