Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रियंका चाेपडाले सार्वजनिक गरिन् छोरीको तस्बिर

एजेन्सी । एक वर्षपछि प्रियंका चोपडाले छोरीको तस्बिर सार्वजनिक गरेकी छन् । लस एन्जल्समा जोनस बर्दसले आयोजना गरेको कार्यक्रममा प्रियंका चोपडा र निक जोनसकी छोरी मालतीको तस्बिर सार्वजनिक भएको हो ।

कार्यक्रममा प्रियंका छोरीलाई लिएर पुगेकी थिइन्। सार्वजनिक तस्बिरमा मालती सेतो कपडामा देखिएकी छन्। यसैबीच एक भिडिओ भाइरल भइरहेको छ जसमा मञ्चमा निकले बोलिरहेको बेला छोरीको नाम लिन्छन्।

प्रियंकाले मालतीलाई आफ्नो काखमा उभाएर निकतर्फ फर्काउँछिन्। उक्त भिडिओ प्रियंका स्वयमले इन्स्टाग्राममा सेयर गरेकी छन्। प्रियंका र निकले सन् २०२२ जनावरी २२ मा छाेरीकाे जन्मेकाे घाेषणा गरेका थिए।

जन्मिँदै स्वास्थ्यमा समस्या देखिएपछि प्रियंका र निक जोनसले आफ्नी छोरीलाई एनआइसियू (नियोनेटल इन्टेन्सिभ केयर युनिट) मा एक सय दिन राखेका थिए। उनीहरूले आ-आफ्नो संस्कृतिअनुरूप छोरीको नाम राखेका थिए। हिन्दु नाम मालती र अंग्रेजी नाम मेरी राखेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077