Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • परराष्ट्रमन्त्री पौड्याल र बंगलादेशका राजदूत चौधरीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री पौड्याल र बंगलादेशका राजदूत चौधरीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 519
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री बिमला राई पौड्याल र नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीबीच भेटवार्ता भएको छ।

    सिंहदरवारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका फ्लाइट सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरेकी छन्।



    राजदूत चौधरीले श्रीलंकाको ७५औं स्वातन्त्रता दिवसका अवसरमा सहभागी हुने बंगलादेशी विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्र मन्त्री पौड्यालसँग अनुरोध गरेका छन्।



    मन्त्री पौड्याल र राजदूत चौधरीबीचको भेटमा नेपाल र बंगलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार