Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • श्रीलङ्काको भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री स्वदेश फिर्ता

    श्रीलङ्काको भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 477
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल श्रीलङ्काको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी छिन् ।

    श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ गएकी उनले भ्रमणसँगै विभिन्न उच्चस्तरीय भेटवार्तासमेत गरेकी थिइन् ।



    स्वदेश फर्कने क्रममा आज मन्त्री पौड्याले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रासससँग कुरा गर्दै भ्रमणका दौरान श्रीलङ्काको औपचारिक कार्यक्रममा सहभागितासँगै उच्चस्तरीय साइडलाइन भेटवार्ता भएको जानकारी गराइन् ।



    उनले त्यहाँका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।

    उनले श्रीलङ्काको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहेका भारतका विदेश राज्यमन्त्री, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार