Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नाबालिकामाथि यौन शोषण आरोपमा बाल अनाथालयका प्रमुख पक्राउ

कञ्चनपुर । नाबालिकामाथि यौन शोषण गरेको आरोपमा महेन्द्रनगरस्थित अञ्चल बाल अनाथालयका प्रमुख पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मङ्गलबार भीमदत्त नगरपालिका–४ स्थित अञ्चल बाल अनाथालयको कार्यालयबाटै प्रमुख शंकरबहादुर चन्दलाई पक्राउ गरेको हो ।

अनाथालयमा आश्रय लिएका नाबालिकासँग अनैतिक सम्बन्ध रहेको सूचना आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अनाथालयमै आश्रय लिएका एक नाबालिकको गर्भ तुहाएपछि घटना सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077