Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनगढीमा खुल्यो नेपालकै पहिलो कृषि मार्ट

कैलाली । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कृषि मार्ट सञ्चालनमा आएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को एन.डी मार्गमा एस.बी कृषि मार्ट प्रालि मंगलबारदेखि सञ्चालनमा आएको हो । मार्टको मंगलवार सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले विधिवत रुपमा उद्घाटन गरेका हुन् ।

धनगढीमा लामो समयदेखि कृषि व्यवसाय गर्दै आएका विष्णुराज बुर्लाकोटीले मार्ट सञ्चालनमा ल्याएका हुन् । सञ्चालक बुर्लाकोटीले सुदूरपश्चिमको कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको बताए ।

सुदूरपश्चिममा उत्पादित कृषि उपजले बजार र मूल्य नपाउँदा कृषकहरुको उत्पादन क्षमतामा ह्रास आएकाले कृषि उपजको उत्पादन बढाउन र किसानलाई उचित मूल्य दिन मार्ट सञ्चालन गरिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077