Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कार्यविभाजनमा छलफल गर्न माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा १२ बजे पदाधिकारी बैठक र त्यसलगत्तै स्थायी कमिटी बैठक बस्न लागेको हो ।

आजको बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुंगो लगाउने पार्टीको तयारी छ ।

यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो ।

महासचिव देव गुरुङ नेतृत्वको कार्यदलले नेताको कार्यविभाजन गर्ने जिम्मेवारी पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077