Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

‘मनोमानी’ले एक्लिँदै मेयर बालेन

काठमाडौं । नेतृत्व गर्न चाहनेले समूहभन्दा अगाडि होइन, समूहसँगै हिँड्न जान्नुपर्छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह जनताको समूहभन्दा धेरै अगाडि हिँड्न खोज्दा एक्लिन थालेका छन् ।

‘गरिबको चमेली बोलिदिने कोही छैन’ भन्दै चुनाव जितेका मेयरले सहरमा ‘गरिबलाई टिक्न नसक्ने’ वातावरण बनाउन थालेको गुनासो बढेको छ ।

‘महानगरको सौन्दर्य भनेको सडक किनारमा फक्रिएका फूलका थुँगा मात्र होइनन्, जीविका चलाउँदै आएकाको मुहारमा फक्रने मुस्कान पनि हो,’ सहरी गरिबको क्षेत्रमा काम गर्दै आएका ओम थपलिया भन्छन्, ‘पछिल्लो समय ठेलामा साग बेच्नेदेखि दरबारमार्गमा स्यान्डविच बेच्नेसम्मको अनुहार ओइलाएको छ ।’

अझ पछिल्लो समय दरबारमार्गमा पार्किङ हटाएसँगै मेयर साह ‘इलिटवर्ग’ को पनि निसानामा परेको थपलिया बताउँछन् । ‘सधैं गुलजार रहने दरबारमार्ग विकल्प नदिई पार्किङ हटाउँदा बजार सुनसान बनेको छ,’ उनले भने, ‘एक्लै अगाडि बढ्न खोज्दा समाधान होइन समस्या निम्तिन्छ ।’

निर्वाचनमा भित्री सहर र बाहिरी सहर दुवैबाट उल्लेख्य मत पाएका मेयर साहले यतिबेला दुवैतिरको साथ पाउन छाडेका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077