Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२५ प्रहरी जवानलाई अटोमेकानिक्स तालिम

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले २५ जना प्राविधिक प्रहरी जवानलाई अटोमेकानिक्स तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा सवारी महाशाखाको सञ्चालनमा सो तालिम दिइएको हो ।

अटोमेकानिक्स तालिम आठौं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महाशाखामा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा प्रहरी उपरीक्षक कमलेन्द्रलाल कर्णले तालिम समापन गर्दै प्रशिक्षार्थी तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरे ।

सो अवसरमा उनले सवारी साधनमा आइपर्नसक्ने यान्त्रिक समस्याको तत्काल समाधान गर्न तालिम प्रदान गरिएको प्रहरीले जनाएको छ । प्रशिक्षार्थीले हासिल गरेका सीप कार्यक्षेत्रमा प्रभावकारी तवरले कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

साउन १० गतेबाट सञ्चालित १ सय २० कार्यदिन अवधि रहेको सो तालिममा प्राविधिक प्रहरी जवान २५ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077