Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्रान्समा सेवा निवृत्त हुने उमेर हद बढाएपछि प्रदर्शन, दर्जनौं प्रदर्शनकारी घाइते

एजेन्सी । फ्रान्समा सेवानिवृतिको अवधि बढाएको विरोधमा आन्दोलन सुरू भएको छ ।

फ्रान्सले हालै सेवा निवृत्त हुने उमेर ६२ बाट बढाएर ६४ पुर्‍याएको विरोधमा आन्दोलन चर्केको हो ।

प्रदर्शन नियन्त्रणका लागि प्रहरीले बल प्रयोग गर्दा दर्जनौं प्रदर्शनकारीहरु घाइते भएका छन् ।

राजधानी पेरिस लगायतका शहरमा भेला भएका प्रदर्शनकारीहरुले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन विरुद्ध नारा लगाउँदै नयाँ नियम तत्काल फिर्ता गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077