Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • यूएसएआईडी प्रमुख सामन्था पावर काठमाडौं आउँदै

    यूएसएआईडी प्रमुख सामन्था पावर काठमाडौं आउँदै

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 675
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर नेपाल आउने भएकी छन् ।

    यूएसएआईडीले बुधबार विज्ञप्ति जारी गर्दै पावरले फेब्रुअरीको पहिलो साता नेपालको भ्रमण गर्ने उल्लेख गरेको छ ।



    अमेरिकाबाट मन्त्रीतहको भ्रमण २१ वर्षपछि हुन लागेको हो । सन् २००२ मा तत्कालीन बुश प्रशासनका विदेशमन्त्री कोलिन पावेलले नेपाल भ्रमण गरेका थिए । त्यसबेला शेरवहादुर देउवा प्रधानमन्त्री थिए ।



    पावल राष्ट्रिय सुरक्षा परिषदकी सदस्य पनि हुन् । यसै सातामात्र राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर उच्चस्तरीय राजनीतिक भेटघाट गरेकी थिइन् ।

    नुल्यान्ड फर्केलगत्तै अमेरिकाबाट अर्को उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

    पावलले भ्रमणका क्रममा सबै पक्षहरूसँग भेटघाट र छलफल गर्ने यूसएआईडीले जनाएको छ ।

    उनी क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । साथै, उनी राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत हुन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार