Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए सपथ

पोखरा । गण्डकी प्रदेशका नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्षसहित सदस्यहरूले बुधबार शपथ लिएका छन् ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले उपाध्यक्ष डाक्टर गिरिधारी शर्मा पौडेल सदस्यद्वय डा.सुभाष अधिकारी र डा.शान्ताकुमारी खत्रीलाई शपथ खुवाएका हुन् ।

आइतबारको मन्त्रिपरिषद् बैठकले उनीहरूको नियुक्तिको निर्णय गरेको थियो ।

प्रदेशको सन्तुलित र समष्टिगत विकासका लागि आवश्यक नीति, रणनीतिक विषयक्षेत्रका दीर्घकालीन, मध्यमकालीन र वार्षिक विकास योजना बनाउने तथा प्रदेशको आवश्यक नीति निर्माण कार्यमा प्रदेश सरकारलाई सहयोग पुर्याउने मुख्य जिम्मेवारीसहित मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश नीति आयोगको गठन हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077