Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतमा अब वार्षिक सात लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने

एजेन्सी । भारतमा वार्षिक सात लाख रूपैयाँसम्मको आयमा आयकर नलाग्ने भएको छ।

बुधबार आर्थिक वर्ष २०२३/२४ को बजेट प्रस्तुत गर्दै वित्त मन्त्री निर्मला सीतारमणले व्यक्तिगत आय करमा सात लाख रूपैयाँसम्म कुनै कर नलाग्ने घोषणा गरेकी हुन्।

यसअघि पाँच लाख रूपैयाँसम्म कमाउनेले कर तिर्नु नपर्ने व्यवस्था थियाे। सरकारले त्यसको दायरालाई बढाएर सात लाख पुर्‍याएकाे हाे।

यस्तै, बजेट भाषणका क्रममा उनले नेक्स्ट जेनेरेशन ट्याक्स फर्म जारी गर्ने घोषणा पनि गरिन्। जुन सरल हुनेछ। जसबाट सजिलै कर तिर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077