Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधि सभाको बैठक सुरू

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सुरु भएको छ । बैठक केही समय अघि नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले चितवन–२ रिक्त रहेको जानकारी गराउने कार्यसूची छ।

सर्वोच्च अदालतले चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सांसद पद खारेज गरेपछि उक्त क्षेत्र रिक्त छ।

यस्तै, बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट विभिन्न मन्त्रीहरुको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आ.व. २०७८/०७९) पेश गर्ने कार्यसूचि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077