Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • आत्मदाह गर्नुपर्ने अवस्थाको कारण खोज्न उच्च स्तरीय न्यायिक आयोग गठन गर्न माग

    आत्मदाह गर्नुपर्ने अवस्थाको कारण खोज्न उच्च स्तरीय न्यायिक आयोग गठन गर्न माग

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 426
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले इलामका प्रेमप्रसाद आचार्यलगायत देशका विभिन्न ठाउँमा भइरहेका आत्मदाहका घटनाहरूको कारण खोजी गर्न न्यायिक छानबिन समिति बनाउन माग गरेका छन् ।

    प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद् अमरेशकुमार सिंहले देशका विभिन्न ठाउँमा भइरहेका आत्मदाहका घटनाहरूको कारण पत्ता लगाई त्यस्ता घटनाको निरुपणकालागि न्यायिक छानबिन समिति बनाउन माग गरेका हुन् ।



    उनले भने, ‘आत्मदाहका घटना बढेको देखिन्छ। के कारणले आत्मदाह भइरहेको छ, उच्च स्तरीय न्यायिक आयोग गठन होस्।’



    सांसद् सिंहले आत्मदाहको घटना सिर्जना हुनुमा सरकार पनि दोषी रहेको बताए। यस्ता घटना न्यूनीकरण गर्न सरकार गम्भिर बन्नुपर्ने सिंहको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार