Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एनसेल बिक्रीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

    एनसेल बिक्रीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 483
    SHARES

    काठमाडौं । एनसेलको सेयर बिक्री रोक्न माग गर्दै सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।

    सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् ।



    सांसद सिंहले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।



    शुक्रबार दायर उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार पनि पेसी तोकिएको थियो ।

    न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार