Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भुटानी शरणार्थी प्रकरणमा निर्णय गर्ने प्रधानमन्त्रीलाई कारबाही होस् : अमरेशकुमार सिंह

    भुटानी शरणार्थी प्रकरणमा निर्णय गर्ने प्रधानमन्त्रीलाई कारबाही होस् : अमरेशकुमार सिंह

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 582
    SHARES

    काठमार्डौं । सांसद अमरेशकुमार सिंहले नक्कली शरणार्थी प्रकरणमा मन्त्रीपरिषदबाट निर्णय गर्ने प्रधानमन्त्रीलाई समात्नुपर्ने बताएका छन् ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् । सांसद सिंहले सन्देश शर्माको अडियो सोही व्यक्तिको रहेको भनेर प्रहरीले प्रमाणित गरेपनि त्यसमा किन कारबाही गरिएन भन्दै प्रश्न गरे ।



    सांसद सिंहले शारदा प्रसाद त्रिताल आयोगको प्रतिवेदन रहेको बताउँदै सो प्रतिवेदन किन सार्वजनिक गरिएन भन्दै प्रश्न गरेका छन् ।



    सांसद सिंहले,‘किन सार्वजनिक गरिएन भने त्यसमा नेताहरुको नाम छ, त्यसकार त्रिताल आयोगको प्रतिवेदन सार्वजनिक गरिएन । त्यसको बाबजुतपनि अर्को छानबिन समिति गठन भएको थियो पूर्व न्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा । त्यसले पनि भूमिसुधार मन्त्रालयमा ३३ वटा प्रतिवेदन दिएको छ । सबै ठाउँमा नेताहरुको संलग्नतामा सरकारी जग्गा र गुठीको जग्गा मिचिएको छ र त्यो रिर्पोटलाई पनि कार्पेटमुनी लुकाइएको छ ।’

    सरकारले रिपोट बनाउने र आफ्नो मान्छे फस्न लाग्यो भने रिपोट सार्वजनिक नगर्ने प्रवृत्ति मौलाउँदै जाने उनले बताए । नेपालमा सानालाई ऐन र ठूलालाई चैनको अवस्था रहेको बताउँदै निर्णय प्रक्रियामा सहभागी हुनेलाई कारबाही गर्न उनले आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार