Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सांसद अमरेशकुमार भन्छन् – कांग्रेस कम्युनिष्टको पुच्छर बन्यो, संसदलाई बन्धक बनाए

    सांसद अमरेशकुमार भन्छन् – कांग्रेस कम्युनिष्टको पुच्छर बन्यो, संसदलाई बन्धक बनाए

    अनलाइन नेपाल
  • बिहिबार, ३२ साउन २०८०
  • 579
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसदलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

    बिहीबार सिंहदरबारमा सञ्चराकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सत्ता पक्ष र विपक्षको लडाइँका कारण लोकतन्त्र रहन्छ कि रहँदैन भन्ने शंका उब्जिएको पनि बताए ।



    अहिले सरकारमा पनि कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षमा पनि कम्युनिष्ट पार्टी भएको भन्दै कम्युनिष्टहरुले संसदीय व्यवस्थामा विश्वास नगर्ने दाबी गरे ।



    कांग्रेस अहिले कम्युनिष्टहरुको पुच्छर भएको उनले टिप्पणी गरे । साथै सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति नेतृत्व चयन पनि नगरेको उनको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार