Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से ५ अंकले बढ्यो, २४ दिनयताकै न्यून कारोबार

काठमाडौं । दिनभरको उतारचढावपछि सेयर बजार सामान्य बढेर बन्द भएको छ । बुधबार ४.९७ अंकले बढेको बजार २११६.६५ बिन्दुमा रोकिएको छ ।

नेप्सेको अनुसार सामान्य अंकले बढेको बजारमा भने २४ दिन यताकै कम कारोबार भएको छ । बुधबार ५० लाख कित्ता सेयरकिनबेच हुँदा एक अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ ।

यसअघि पुस ७ गते बिहीबार २४ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस दिन सर्वाधिक मूल्य घट्नेमा एनआइबिएल समृद्धि कोष-२ रहेको छ। कोषको सेयर मूल्य ३.७२ प्रतिशतले घटेको हो।

आज सबैभन्दा धेरै आदर्श लघुवित्तको शेयर १० प्रतिशत र सिद्धार्थ इन्सुरेन्सको शेयर आठ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077