Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

खैरो हेरोइन ओसारपसारमा भरियाको प्रयोग, प्रहरीका सहायक हवल्दार पक्राउ

विराटनगर । लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिले नाम लिएपछि प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् ।

भारतको जोगवनीबाट नेपालतर्फ खैरो हेरोइन भित्राउन भरियाको प्रयोग गरेको खुलेपछि विराटनगर महानगरपालिका-१४ मा बस्दै आएका सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादव पक्राउ परेका हुन्।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो १२० मिलिग्राम खैरो हेरोइनसहित विराटनगर महानगरपालिका–१५ का २० वर्षीय नजाम खानलाई पक्राउ गरेको थियो ।

खानले सहायक हवल्दा यादवको नाम लिएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको थियो । वडा प्रहरी कार्यालय विराटनगर दरबन्दी भएका यादव विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत थिए।

खान र यादवविरुद्ध इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान अघि बढाएको छ। लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन दुवै जनाविरुद्ध बुधबार अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077