Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपतिको निर्वाचन बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट

    राष्ट्रपतिको निर्वाचन बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 534
    SHARES

    काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन घोषणा गर्ने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

    संविधान विपरीत निर्वाचनको मिति तय भएको भन्दै अन्तरिम आदेशमार्फत् रोक्नुपर्ने मागसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणले रिट दायर गरेका हुन् ।



    सर्वोच्चले उक्त रिटमा अध्ययन गरिरहेको छ । दर्ता गर्ने कि दरपिठ गर्ने भन्नेबारे बिहीबार मात्र निर्णय गर्ने तयारी सर्वोच्च प्रशासनको छ ।



    निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते तोकेको छ । आयोगले निर्वाचनका लागि कार्यतालिका समेत सार्वजनिक गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार