Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

झुट्टा प्रमाणपत्र पेस गर्ने प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापकविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले चितवनको कालिका नगरपालिका ५ बस्ने भिमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद कँडेलविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेसगरी भिमोदय मावि शिक्षक पदमा नियुक्त भई हालसम्म लाभ लिई भ्रष्टाचार गरेको देखिएकोले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) वमोजिम कैद र जरिवानाको सजाय हुन अभियोग मागरदाबी अख्तियारले गरेको छ ।

कँडेलले जागिर प्रवेश गर्दा भीमोदय माविबाट एसएलसीदेखि नेपाल-भारतका विभिन्न विश्वविद्यालयमा विभिन्न तह उत्तीर्ण गरेको र विद्यावारिधि अध्ययनरत रहेको विवरण फाराममा उल्लेख गरेका छन् ।

यस्तै उनले नि.मा.वि. तृतीय तहमा भिमोदय माध्यमिक विद्यालय, चितवनमा स्थायी नियुक्त हुँदा विरेन्द्र क्याम्पस चितवनबाट आइ.एस.सी. उत्तीर्ण गरेको भनी उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति साहु जी महाराज विश्वविद्यालय, कानपुर, भारतबाट स्नातक तह (विए) उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको खुेलेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

उनको कागजातका विषयमा आयोगका अनुसन्धान अधिकृतद्वय समन्तमणि आचार्य र राजकुमार श्रेष्ठले अनुसन्धान गरेका थिए । प्रधानाध्यापक कँडेलको शिक्षा विकास तथा समन्वय इकाई, चितवनमा दुईवटा फाइल फेला परेको, फाइलमा सिटरोल फाराम संलग्न नभएको, दुईवटा फाइल खडा भएको सम्बन्धमा कार्यालयबाट स्पष्ट जानकारी नदिइएको लगायत कैफियत फेल परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077