Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • परराष्ट्रमन्त्री पौड्यालले भनिन् – सार्कलाई क्रियाशिल बनाउन साइडलाइन वार्ता गर्छु

    परराष्ट्रमन्त्री पौड्यालले भनिन् – सार्कलाई क्रियाशिल बनाउन साइडलाइन वार्ता गर्छु

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 546
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालले श्रीलंकामा सार्क समकक्षीहरुसँग हुने साइडलाइन बैठकमा सार्कलाई क्रियाशिल बनाउने विषयमा छलफल गर्ने बताएकी छन् ।

    मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौड्यालले श्रीलंकामा सार्कको विषयमा छलफलका लागि भेला नभए पनि समकक्षीहरुसँग हुने भेटमा सार्कलाई सक्रिय बनाउने विषयमा छलफल हुने बताएकी हुन् ।



    ‘श्रीलंकाको स्वतन्त्रता दिवसको निम्तोमा भोल त्यसतर्फ जाँदैछु। यो सार्कको छलफलका लागि बोलाइएको निमन्त्रणा होइन। यद्यपि त्यहाँ पुगिसकेपछि साइडलाइन बैठकहरूमा सार्कलाई सक्रिय बनाउने विषयमा छलफल गर्छु,’ उनले भनिन्।



    परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलंका भमणमा जाँदैछिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार