Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अप्ठेरो बेलामा व्यवसायीलाई नकस्‍न बैंकहरूलाई गभर्नर अधिकारीको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीलाई नकस्न बैंकसँग आग्रह गरेका छन् ।

बुधवार आर्थिक मिडिया सञ्चालक सङ्घले काठमाडौंमा आयोजना गरेको 'अर्थतन्त्रका चुनौती र समाधानका उपाय' विषयक अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले व्यवसायीलाई परिरहेको अप्ठेरो बुझेर व्यवसायीलाई कस्ने नीति नलिन बैंकसँग आग्रह गरेका हुन् ।

बैंकले सही कुरा नबताएमा राष्ट्र बैंकलाई गुनासो गर्न पनि उनले सेवाग्राहीलाई आग्रह गरे ।

उनले भने, ‘तपाईँहरूले व्यवसायीलाई कस्ने बेला होइन यो, एक महिना जति हेर्दिनुहोस् न, एउटा क्वार्टरमा ब्याज नतिर्दैमा तुरुन्तै अक्शन गर्नुपर्छ भन्ने छैन, हाम्रो नियमले पनि त्यो बताउँदैन । अवस्थाअनुसार रिकभरीका काम गर्नुस् भनेका छौँ । बैंकिङ सिस्टममा नर्मली त्यो हुँदैन तर पनि अफ्ठ्यारो बेलामा त्यो गर्नुपर्छ । त्योसँगै अहिले कन्जुमर प्रोटेक्शनको सन्दर्भमा हामीसँग डेडिकेटेट डिभिजन छ, त्यसले विभिन्न किसिमका समस्याहरू सुनुवाइ गर्छ ।’

अहिले अर्थतन्त्रमा बिस्तारै सुधार भइरहेको भए पनि अर्थतन्त्र सबैतिर सहज हुन केही समय लाग्ने गभर्नर अधिकारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077