Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति र गृह मन्त्रालयबारे छलफल गर्न माओवादीको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ ।

हिजोका लागि बोलाइए पनि अन्तिम समयमा आएर स्थगित भएको बैठक आज बस्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बिहान ११ बजे बस्नेछ ।

मंगलबारका लागि बोलाइएको बैठक पार्टीको संगठनसम्बन्धी ‘होमवर्क’ नसकिएकाले हिजोका लागि सारिएको थियो ।

बैठकमा कार्यविभाजनमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । कार्यविभाजनसँगै बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ । राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077