Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतले जित्यो न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला

काठमाडौं । न्युजिल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला भारतले जितेको छ ।

तेस्रो तथा अन्तिम टी–२० खेलमा भारतले न्युजिल्यान्डलाई १ सय ६८ रनको फराकिलो अन्तरले हरायो ।

भारतको टी–२० खेलमा यो सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि आयरल्यान्डलाई १ सय ४३ रनले हराएको थियो ।

न्युजिल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला भारतले २–१ ले जितेको छ । जितका लागि २ सय ३५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १२ ओभर १ बलमा ६६ रनमा अलआउट भयो ।

पहिलो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी भएको थियो भने दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077