Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रतिनिधिसभाका सांसदहरुलाई संसदीय प्रक्रिया र अभ्यास सिकाइँदै

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरुलाई आयोजना गरेको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।

बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद् भनवको ल्होत्से हलमा अभिमुखिकरण कार्यक्रममको उद्‌घाटन गरिएको छ।

सभामुख देवराज घिमिरेले आफ्नो पहिलो निर्णय नै सांसदहरुसँग अन्तर्क्रिया गर्ने सम्बन्धी गरेका थिए।

गत माघ ६ गते पदभार ग्रहण गर्ने क्रममा ‘नवनिर्वाचित माननीयहरूका लागि संसदीय अभ्यास र पक्रियासम्बन्धी अन्तर्क्रिया कार्यक्रम गर्ने,’ निर्णयमा सभामुख घिमिरेले हस्ताक्षर गरेका थिए।

दुई दिनसम्म चल्ने कार्यक्रमका लागि तालिमका लागि विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाइएको संसद सचिवालयले जनाएको छ।

प्रतिनिधि सभाका कतिपय सांसदहरू संसदीय प्रक्रिया र अभ्यासमा अभ्यस्त नहुँदा सदनको कारबाही नै प्रभावित हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077