Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रधानमन्त्रीसँग एनआरएनए अस्ट्रेलियाका महासचिवले गरे भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संँग गैरआवासीय नेपाली महासङ्घ (एनआरएनए) अस्ट्रेलियाका महासचिव राजु अधिकारीले भेटघाट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटार आज भएको भेटमा प्रधानमन्त्री दाहाललाई महासचिव अधिकारीले नेपाली श्रमिकलाई अस्ट्रेलिया लैजाने विषयमा अवगत गराए।

भेटमा महासचिव अधिकारीले नेपालमा अस्ट्रेलियाबाट पर्यटक ल्याउने विषयमा पनि छलफल भएको थियो।

सन् २०२२ मा अस्ट्रेलियाबाट २७ हजार पर्यटक नेपाल भित्रिएका छन्। साथै थप पर्यटक भित्र्याउन महासङ्घले पहल गरिराखेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077